महायज्ञमा गएकी किशोरीमाथि सामुहिक बलात्कार

रुपन्देही । रुपन्देहीमा महायज्ञमा गएकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका-३ थुम्हवाकी एक १६ वर्षीया किशोरीलाई स्थानीय तीन युवाले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।

बलात्कारमा संलग्न भएको अभियोगमा तीनैलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।

प्रहरी निरीक्षक घलेका अनुसार गाँउमा लागेको महायज्ञमा गएका बेला ति किशोरीलाई बोलाएर घरभन्दा केही टाढा निर्माणाधीन भवनमा लगि तीनै जनाले बलात्कार गरेको थियो ।
पक्राउ परेका युवाहरु उपर अनुसंन्धान गरी कारवाही प्रकृया सुरु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार