एनिएमा किन ओलीको उम्मेद्वारी

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) को  तर्फबाट सुदूरपश्चिम प्रदेशबाट  एनिएमा केन्द्रीय सदस्यका लागि पदम ओलीले उम्मेदवारी दिएका छन् । इन्जिनियरिङ क्षेत्रको संस्थागत विकास, प्रदेश र संघिय संरचना निमार्णमा गुणस्तर ल्याउन पहल गर्न आफुले उमेद्वारी दिएको ओलीले बताएका छन् ।
केन्द्रिय सदस्यका उमेदवार ओलीले देश संघिय संरचनामा गइसकेपछि कर्मचारी समायोजना गर्दा इन्जिनियरको पद कहाँ रहने भन्ने विषयमा पनि आफुहरुले पहल गर्ने बताएका छन् । अहिले प्रदेश र संघिय सरकारले यन्जिनियरलाई अधिकृत भन्दा तल्लो तहमा राखेको छ ।
साथै कुनै पनि योजना कार्यान्वयन गर्दा सरकारले इन्जिनियरिङ एसोसिएसनसँग सहकार्य नगर्दा कामको गुणस्तर खस्किदै गइरहेकाले आगामि दिन सरकारसँगको सहकार्यलाई पनि बृद्धि गर्ने ओलीले बताए । उनले भने जितपछि आफुहरुले इन्जिनियरलाई देशमै रोजगारीको व्यवस्था गर्न पहल गर्ने, दक्ष इन्जिनियर उत्पादनमा इन्जिनियरिङ काउन्सिलसँग सहकार्य गर्ने र इन्जिनियरका हक हितका लागि पहल गर्ने योजना रहेको छ ।
ओलीसँगै २५ जनाले उमेद्वारी दर्ता गराएका छन् । जसमा अध्यक्ष त्रिरत्न बज्राचार्य, महासचिवमा छविराज पोख्रेल सहित २५ सदस्य छन् । बज्राचार्य इन्जिनियरिङ अध्ययन संस्थानका डिन हुन भने पोख्रेल जलविद्युत लगानी तथा विकास कम्पनीका सिईओ हुन ।
त्यस्तै उपाध्यक्ष आशिष घिमिरे, महासचिव छविराज पोखरेल, उप–महासचिव स्कपिल आचार्य, कोषाध्यक्ष राम यकवाल यादव, सह–कोषध्यक्ष चादमाला श्रेष्ठ रहेका छन् ।
त्यस्तै खुला सदस्यमा अनिल नेपाल, रोशन भट्टराई, छविलाल अधिकारी, दीपेन्द्र जमकट्टेल, चक्र चुडामणी भट्ट, शिव चापागाईं, प्रताप सापकोटा, ज्ञानेन्द्र कलौनी, दिलिप विक, गजेन्द्र झा, सुगन्ध सुवेदी, टेक कटवाल रहेका छन् ।
यस्तै प्रदेश तर्फको सदस्यमा सुदूरपश्चिम प्रदेशबाट पदम ओली, कर्णाली प्रदेशबाट कृष्ण प्रसाद पाण्डे, प्रदेश १ बाट डेगराज पौडेल, प्रदेश २ बाट लक्ष्मणलाल यादव, प्रदेश ३ बाट श्यामकृष्ण कार्की, गण्डकी प्रदेशबाट ओमप्रकाश गिरी, प्रदेश ५ बाट खुमलाल बुढाक्षेत्री रहेका छन् ।(पिन) को ३२ औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा यहि मंसिर २८ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार