कंचनपुरमा टिपरको ठक्करबाट वालकको मृत्यु

 

कंचनपुर । टिकंचनपुरमा टिपरको ठक्करबाट एक वालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका ४ को बैलौरी बजारनजिक पैदल हिंडिरहेका १२ वर्षीय आकाश रानालाई शनिवार दिँउसो टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बालक बेलौरीको सनराईज बोर्डिङ्ग स्कुल कक्षा ६ मा अध्यनरत थिए ।

वालकलाई ठक्कर दिने म १ ख ८४९ नम्बरको टिपरलाई स्थानीयले तोडफोड गरिदिएका छन् भने टिपर चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक रण बहादुर चन्दले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार