धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्वर १८ का २८ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।
घुर्राखोलाबाट बालुवा लोड गरी आउँदै गरेको से १ त ५८०४ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर गम्भिर घाइते चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।










