चीनबाट ल्याइएको कोरोना टेष्ट मेसिन कुन कुन प्रदेशले पाउने ?


काठमाडौं । चीनबाट ल्याइएको कोरोना भाइरस टेष्ट गर्ने मेसिन चारवटा प्रदेशले मात्रै पाउने भएको छन् । सातवटा प्रदेश मध्ये सुदूरपश्चिम, कर्णाली, प्रदेश २ र ५ ले कोरोना टेष्ट मेसिन पीसीआर (पोलिमर चेन रियाक्सन) पाउने भएका हुन ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेश ५ को बुटवल वा नेपालगञ्ज तथा कर्णालीको सुर्खेतमा ल्याब स्थापना गर्ने निर्णय समेत गरेको छ । प्रदेश १ को धरानमा परीक्षण सुरु भइसकेको छ ।

चीनबाट ल्याइएको पाँचवटा पीसीआर मेसिनमध्ये एक थान भने हाल काठमाडौंमा नै राखिने समिति सचिवालयका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।

उनका अनुसार उच्चस्तरीय समितिले प्रत्येक प्रदेशमा एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट ९पीपीई० लगायतका सामग्री पठाइने निर्णय समेत गरेको छ ।

बिरामी जाँच्दा चिकित्सकले आफ्नो सुरक्षाका लागि लगाउने पीपीईको हाल नेपालमा अभाव रहेकाले चिकित्सकहरुले यसको ब्यवथा गर्न सरकारसंग माग गरिरेहका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार