
कैलाली । कोरोना माहामारीबाट बच्ने एउटा विकल्प ‘लकडाउन’ भएपनि त्यसलाई नागरिकस्तरबाट सामान्य रुपमा लिइएको छ । लकडाउन उल्लघन गर्नेलाई प्रहरीले विभिन्न तरीकाबाट नियन्त्रण पनि गर्दै आएको छ ।
यस्तै कैलालीमा पनि लकडाउन उल्लघन गर्नेको संख्या बढ्दै गएपछि प्रहरीले गज्जबको तरीका अपनाएको छ । शुक्रबार कैलालीको अत्तरियामा प्रहरीले ‘ईम्प्रोभाईज म्यान क्याचर स्टीक’ नै प्रयोग गरेर लकडाउन उल्लघन गर्नेलाई पक्राउ गरेको छ ।
लकडाउन उल्लघन गर्नेबाट संक्रमणको संभावना पनि रहने भएकाले यस्तो उपाय थालिएको कैलाली प्रहरीले बताएको छ ।
पक्राउ गरिएका ब्यक्तिलाई सजाय स्वरुप सेफ्टी ट्र्यापमै राखेर सडकमा केहि समय उभ्याउने गरिएको छ ।
अत्तरिया बजार आसपासबाट लकडाउन उल्लघन गर्नेलाई पक्राउगरी सजाय स्वरुप २ घण्टा सजकमा उभ्याउने गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले जानकारी दिए ।
लकडाउनको उल्लघन गर्न क्रम बढेपछि गोदावरी नगरपालिकाकाको सक्रियतामा सान्वी ब्रिक ईण्डष्ट्रिज अत्तरियाले ईलाका प्रहरी कार्यालयलाई ४ थान सेफ्टी ट्र्याप उपलब्ध गराएको थियो । जसले गर्दा प्रहरीलाई आफ्नो सुरक्षा साथ उल्लघनकारीलाई नियन्त्रणमा लिन सहज भएको छ ।
लकडाउन उल्लघन गर्नेलाई सुरुका दिनमा प्रहरीले कुटपिट समेत गरेका खबरहरु बाहिर आएका थिए । तर, प्रहरीको कारवाही ठिक भएन भन्दै बिरोध भएपछि प्रहरीले यस्ता उपायहरु अपनाएको हो ।










