अछाममा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

अछाम । अछाममा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको मेल्लेख गाँउपालिकाको ३ ठाँटीकी २३ वर्षीया अनितादेवी शाह रहेकी छन् ।

त्यस्तै घाइते हुनेमा ३ वर्षीय कल्पना शाह र ३० वर्षीय सीतादेवी शाह रहेका छन् । आइतबार दिउँसो ३ बजेतिर घर नजिकैको बिजुलीको पोलमा चट्याङ पर्दा घटना भएको हो ।

घटनामा परी घाइते भएका दुबै जनाको स्थानीय स्वास्थ केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार