राहत वितरणमा पक्षपात भएको भन्दै डोटीमा वडाध्यक्ष माथि कुटपिट

डोटी । डोटीको केआइसिंह गाउँपालिका ४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयले कुटपिट गरेका छन् । राहत वितरणमा वडा कार्यालयले पक्षपात गरेको भन्दै अध्यक्ष धामीलाई कुटपिट गरेका हुन् ।

रातहको विषयलाई लिएर स्थानीयले वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् । वडाध्यक्षले नै राहत वितरणमा पक्षपात गरेको स्थानीयको बुझाई छ । उनीहरुले गरिब भन्दा पनि आफ्नो मान्छेलाई राहत बाँडेको आरोप लगाएका छन् ।

तर, गाउँपालिकाले भने राहत वितरणमा पक्षपात नभएको स्थानीयले अध्यक्षलाई कुटपिट गरेको बताएको छ ।

अहिले कोरोनाका कारण काम गरेर खाने गरिब, मजदुरलाई निकै समस्या भएको छ । यो समस्याका बेला स्थानीय सरकारले विभिन्न ठाउँमा राहत वितरणको काम गरिरहेको छ ।

तर, राहत वितरणमा पक्षपात भएको र गुणस्तरहीन राहत बाडेको भन्दै  ठाउँ ठाउँमा विवाद पनि बढीरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार