कैलाली । आफ्नै श्रीमतीलाई बलात्कार गर्न खोज्ने श्रीमान् र जेठाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिकाका दुई जना रहेका छन् ।
१६ वर्षकी किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा उनका १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ परेको प्रहरीले जनाएको छ ।
दाजुभाई मिलेर उनलाई बलात्कार गर्न खोजेको उजुरी परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । ती किशोरीको १ वर्ष पहिले मागी विवाह भएको थियो ।
प्रहरीले किशोरीलाई सेफ हाउसमा राखेको छ भने दुबै जानालाई कोरोनाको डरले पविारको जिम्मा लगएको छ । किशोरीका माइती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्दा दिएपछि दुवै जनालाई पुन पक्राउ गरी जिल्ला ल्याइएको र आइतबार म्याद थप गरिने बताइएको छ ।
उक्त घटनालाई मिलाईदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक बनका अध्यक्षलाई अख्तियारले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामी रहेका छन् । उनले प्रहरी कार्यालयमा कुरा गरेर मुद्दा मिलाई दिन्छु भन्दै घुस मागेको थाहा भएको छ ।









