सप्तरीका एक युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सप्तरीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीया युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार