
ललितपुर । ललितपुरका दुई वटा नाकामा हेल्थ डेस्क स्थापना गरीएका छन् । कोरोना भाइरसको जोखिम हुन नदिनका लागि डेस्क स्थापना गरीएका हुन् ।
डेस्क गोदावरी नगरपालिका ५ तिलेश्वर र ६ तिनपाने भञ्ज्याङमा शुरुआत गरीएका छन् । ती नाकाबाट नगर आउने व्यक्तिको अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गरिने छ ।
तिनपाने भञ्ज्याङको सडक कान्ति लोकपथअन्तर्गत पर्दछ । सो हेल्थ डेस्क सञ्चालनमा नेपाली सेना र नेपाल प्रहरीको सहभागिता रहेको थियो ।











