दिव्यासिंहलाई डिन नियुक्त गरिएको विषयमा अनेरास्ववियूको विरोध, डिनको कार्यालयमा ताला

काठमाडौं । डिन नियुक्तको विरोध गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ विद्यार्थी संगठन अनेरास्ववियूले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मा तालाबन्दी गरेको छ। अनेरास्ववियू क्याम्पस कमिटीले डाक्टर दिव्यासिंह शाहलाई आइओएमको डिन नियुक्त गरिएको विरोधमा बिहीबार तालाबन्दी गरेको हो।

बुधबार मात्रै डाक्टर सिंहलाई डिन नियुक्त गरिएको थियो। अनेरास्ववियूले एक विज्ञप्ति निकालेर विरोध जनाएको छ ।

संगठनका इकाइ अध्यक्ष बिनय पंज्ञानीले बिहीबार निकालेको विज्ञप्तिमा भनिएको छ, कोरोना महामारीका बेला रातारात विषय टुंग्याएर राजनीतिक आडमा अमुक व्यक्तिलाई डिन बनाइएको हुनाले यस संगठन चुप बस्दैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत रहेकी सिंहलाई प्राध्यापक डाक्टर प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीको सिफारिसअनुसार त्रिविले डिनमा नियुक्त गरेको थियो।

बरिष्ठता मिचेर राजनीतिक पहुँचकै आधारमा सिंहलाई डिन नियुक्त गरेको भन्दै विरोध भइरहेका बेला अनेरास्ववियूले तालाबन्दी गरेको हो।

हाम्रो संगठन निर्णय सच्याइ राम्रो नजिरलाई कायम राखी योग्यता र बरिष्ठतामा आधारित भई डिन पदको नियुक्ति गरियोस् भन्ने माग राखी तालाबन्दीसहित आन्दोलन प्रारम्भ गरेको जानकारी गराउँदछौं विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार