
काठमाडौँ । सलक किरा काठमाडौं उपत्यका भित्रिएको छ । आइतबार ललितपुरको प्युटारमा देखा परेको विज्ञहरूले बताएका छन् ।
विज्ञकाअनुसार मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुर आइपुगेको हो । सानो सख्यामा रहेकाले आत्तिनु नपर्ने विज्ञको भनाई छ ।
मनसुनको बेला समेत भएकाले यो सकृय हुन नसक्ने र सानो झुण्डमा रहेको सलहलाई नियन्त्रण गर्न सकिने भएकाले नआत्तिन किसानहरुलाई विज्ञहरूले सुझाव दिएका छन् ।
बाली संरक्षण विज्ञ तथा कृषि विभागका पूर्वमहानिर्देशक डिल्लीराम शर्माले शनिवार भारतबाट नेपाल छिरेको सलहको बथान सानो भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । सलह ठूलो समूहमा ८ करोडसम्म हुने भएकाले नेपालमा २–४ लाखको समूहमा मात्रै रहेकाले खतरा नरहेको बताए ।
यसलाई नियन्त्रण गर्नका लागि विषादी प्रयोग गर्ने र थाल, स्पिकर, टिन बजाउने र धुँवा निकाल्ने जस्ता कृयाकलाप गर्न सििकने उनको भनाई छ ।










