चितवनमा एउटै पालिकाका १० सहित २५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । चितवनमा एउटै पालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा एउटै पालिकाका  १० सहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनका १३, नवलपुरका १० तथा झापा र गोरखाका १,१ गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । १ सय १ वटा नमूना परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

संक्रमितमध्ये चितवनको  भरतपुर महानगरपालिका वडा नं. ४, ७, ९, ११, २२, २५ र २६ नम्बर वडाका १० जना रहेका छन् । वडा नं ७ का ६१ वर्षीय पुरुषको भने नारायणी सामुदायिक अस्पतालमा उपचा भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार