
सुर्खेत । नेपालमा पहिलो पटक सांसदमा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशसभाका एकजना सदस्यमा कोरोना पुष्टि भएको हो ।
कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व ति सांसदलाई सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले बताए ।
उनकाअनुसार संक्रमित सांसदको सम्पर्कका आएका अन्य सांसददेखि पत्रकारसम्मको परीक्षणका लागि स्वाब संकलन भइरहेको छ। सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको डा। तिवारीले बताए ।
प्रदेशसभाको बर्खे अधिबेशन सकिन लागेपछि आफ्नो निर्वाचन क्षेत्र जान आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिएका उनको सोमबार सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो ।










