
बैतडी। गएराति आएको पहिरोमा पुरिएर बैतडीमा आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ४ का ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेश बोहरा रहेका छन् ।
राति सुतिरहेको बेला आएको पहिरोले घर पुरिदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको तल्लो तलामा सुतेकी १२ वर्षीया छोरी सुमित्रा बोहरा र उनकी १३ वर्षीया साथी सुनिता बोहरा भने भागेर बाँच्न सफल भएकी छन् ।










