
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रशासनले नयाँ नियम ल्याएको छ । शुक्रबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले नयाँ नियम ल्याएको हो ।
उनीहरुको बैठकले उपत्यकामा कोरोना संक्रमित देखिएको क्षेत्रमा सिल गर्ने निर्णय गरेका छन् । एक ठाउँबाट अर्को ठाउँमा कोरोना फैलिन नदिनका लागि संक्रमित देखिएको ठाउँ सिल गर्ने बताइएको छ ।
त्यस्तै संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय पनि बैठकले गरेको छ । शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।
कतिपय क्षेत्र सरकारले बन्द गर्नु भन्दा पनि खुलिरहेकाले त्यो विषयमा पनि उनीहरुबीच छलफल भएको छ । सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति पनि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।










