
काठमाडौं । क्वारेन्टिनमा बसेकी युवतीले आत्म’हत्या गरेकी छन् । काभ्रेको बेथानचोक गाउँपालिका २ गेलिङ बजारमा रहेको क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले शुक्रबार आत्म’हत्या गरेकी हुन् ।
दुबईबाट आएर ६ दिनदेखि उक्त क्वारेन्टिनमा बसेकी उनले कोठाभित्र झुण्डिएर आत्म’हत्या गरेको प्रहरीले जनाएको छ । उनको स्वाब पनि संकलन गरिने बताइएको छ ।
उनी क्वारेन्टिनमा एक्लै बस्ने भएकाले परिवारले भने क्वारेन्टिन व्यवस्थापनमा लापरबाही भएका कारण आत्म’हत्या गरेको गुनासो गरेका छन् ।










