
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत एक जना काठमाडौंका र दुई जना जनकपुरका गरी थप तीन जनाको मृत्यु भएको हो ।
जनकपुरका ७३ वर्षीया पूर्वमेयर कृष्ण गिरीको गएराति नेपाल मेडिसिटी अस्पतालमा कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका जनकपुरबाट लागि काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।
त्यस्तै पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ । उनी साउन १८ गतेदेखि उपचाररत थिइन् ।
त्यसैगरी गएराति नै ललितपुरको किस्ट मेडिकल कलेजमा काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको छ । उनको आजै बिहान कोरोना परीक्षणको रिपोर्ट पोजिटभ आएको हो ।










