
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ३८ नयाँ संक्रमित थपिएका छन् ।
काठमाडौंका १०९, ललितपुरका २१ र भक्तपुरका ८ गरी १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संख्या अहिलेसम्मकै धरै हो । काठमाडौंमा हरेक दिन संक्रमितको संख्या बढ्दै गइरहेको छ । मन्त्रालयले थप सचेतना अपनाउन अनुरोध गरेपनि संक्रमित भने बढ्दै गइरहेका छन् ।










