पत्रकार बानियाँको मृत्यु रहस्यमय भन्दै छानविन गर्न महासंघको माग


काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुरका सहायक सम्पादक  बलराम बानियाँको मृत्यु रहस्यमय भन्दै छानविन गर्न माग गरेको छ । महासंघले बुधबार दिउँसो शोक विज्ञप्ति जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेको छ ।

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव बानियाँको मृत्यु रहस्यमय ढंगले भएको भन्दै महासंघले निधनको गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

महासंघको विज्ञप्तिमा पत्रकार बानियाँले नेपाली पत्रकारीता क्षेत्रमा अतुलनिय योग्दान पु्याएको स्मरण गरिएको । महासंघका महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तिमा लेखिएको छ,  ‘पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गर्दछ ।’

बानीयाँले विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगतमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।

सोमबार दिउँसोबाट वेपत्ता भएका बानियाँको शव मंगलबार मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा भेटिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार