कोरोना संक्रमित बढ्न थालेपछि आजबाट काठमाडौं आवतजावत पूर्ण रुपमा बन्द


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आजबाट कोठमाडौं आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आजबाट काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको जानकारी गराएको छ ।

गृह मन्त्रालयको निर्देशन भन्दै प्रशासन कार्यालयले अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास पूर्ण रूपमा बन्द गरेको हो। आजबाट काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन।

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको भन्दै गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो।

अब अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स मात्रै चल्न पाइने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार