
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाका १ सय २७ नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १ सय ११, ललितपुरका ११ र भक्तपुरमा ५ गरी १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले सुरक्षित रुपमा घरमै बस्न मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।










