
काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर र मोरङका महिला रहेका छन् ।
भक्तपुरको सूर्यविनायककी ६१ वर्षीया महिलाको लितपुरको पाटन अस्पतालमा आज बिहान मृत्यु भएको हो ।
त्यस्तै मोरङको बुढीगंगा २ की ६७ वर्षीया महिलाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार साँझ मृत्यु भएको हो ।










