
काठमाडौं । नेपाली काँग्रेसले कोरोनाबाट बच्न जारी निषेधाज्ञाले हातमुख जोर्न संकट आउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहीबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, बिद्यार्थी, बेरोजगार युवा, अशक्त, एकल महिला लगायतका नागरिक लाई हातमुख जोर्न संकट पर्न सक्ने बताउँदै सरकारको ध्याकर्षण गराएका हुन् ।
“निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, बिद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपांगता भएका नागरिक आदिलाई हातमुख जोर्न संकट पर्न सक्ने अवस्था आउनेछ । अतः त्यसबारेमा समयमै दृष्टी र योजना निर्माण गरिराख्नु जिम्मेवार राज्यको कर्तव्य हुन्छ । नेपाली कांग्रेस ती सबै बर्ग र समुदायका तर्फबाट सरकारलाई यसबारे आवश्यक ध्यानाकर्षण गराउन चाहन्छ,” जारी विज्ञप्तिमा भनिएको छ ।
काँग्रेसले विज्ञप्तिमार्फत निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् भनि उल्लेख गरेको छ ।
कोरोना र निषेधाज्ञाका बारेमा विज्ञप्तिमा पाँच बुँदा उल्लेख गर्दै काँग्रेसले सरकारलाई कोरोना निषेधको क्षमता युद्धस्तरमा बढाउन आग्रह समेत गरेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै भएपछि सरकारले बुधबार मध्यरातीबाट एकसाताका लागि निषेधाज्ञा जारी गरेको छ ।
काँग्रेसद्धारा जारी विज्ञप्ति:











