उपत्यकामा अब बिहान ९ बजेसम्म मात्रै पसल खोल्न पाइने


काठमाडौँ । को रोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको बेला उपत्यकामा अब बिहान सवा ९ बजेसम्म मात्रै पसल खोल्न पाइने भएको छ । आइबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

उनीहरुको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय गरेको  छ । तर औषधी पसलको हकमा भने कुनै रोकतोक लगाइएको छैन् ।

उपात्यकामा प्रहरीले बिहान ७ बजे नै पसल बन्द गरेको भन्ने गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीको बैठक बसेर यस्तो निर्णय गरिएको हो । काठमाडौं उपत्यकामा को रोना सं क्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले भदौ ५ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार