दुबई एयरपोर्टमा अलपत्र परेका २ सय बढी नेपाली स्वदेश फर्किए


काठमाडौं । गएको मंगलबारदेखी दुबई एयरपोर्टमा अलपत्र परेका २ सय बढी नेपाली आइतबार स्वादेश फर्किएका छन् । नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्किन नपाएर अलपत्र परेका २ सय ६४ जना आइतबार एयरलाइन्सकै वाइड बडी जहाजबाट स्वदेश फर्किएका हुन् ।

उनीहरुलाई ल्याउन गएको जहाज नेपालमा उद्धार स्थगित गरेपछि रितै फर्किएको थियो । यो विषयमा पर्यटन मन्त्री योगेश भट्टराईले समेत विरोध गरेपछि फेरि सरकारले बिहीबार केही सर्तमा उद्धार उडान गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय बम्मोजिम आज उनीहरु स्वदेश आउन पाएका छन् । उनीहरुसँगै २ वटा श व पनि नेपाल ल्याइएको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार