
अमेरिका । मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतिले कोरोना जितेका छन् ।
गत अगस्त ७ मा संक्रमित भएका महत उनकी श्रीमती कविताले अगस्ट २८ गते कोरोना जितेका हुन् । आफु संक्रमित र निको भएको कुरा महतले सामाजिकसंजाल फेसबुकमार्फत् जानकारी दिएका छन् ।
“विश्वभरी रहेका हजारौं हजार इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक संक्रमण गर्ने विश्व महामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो”, महतले फेसबुककमा लेखेका छन् ।
कोरोना संक्रमणपछि महत दम्पत्ति आफ्नै घरमा छोरा डा। सरगम महतको निरीक्षण र निगरानीमा बसेका थिए ।














