
चितवन । चितवनमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालामा गरिएको परीक्षणबाट थप ५३ जनामा कोरोना पुष्टि भएको हो । चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्।










