कोरोना संक्रमित डा. रिजाल दम्पत्ति भन्छन्, हामी थोरै पनि भयभित छैनौं


काठमाडौं । कोरोना संक्रमित स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. भोला रिजाल दम्पत्तिले आफुहरु थोरै पनि भयभित नभएको बताएका छन् । कोरोना पुष्टि भएपछि ह्याम्स अस्पतालको आइसोलेशनमा भर्ना भएका उनले समाजिक सञ्जाल फेसबुक मार्फत आफूहरु संक्रमण पछि थोरै पनि भयभित नभएको बताएका हुन् ।

उनले बुधबार फेसबुकमा श्रीमतीसँगको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘हामी दुबै आज कोरोना संक्रमित भएका छौं तर थोरै पनि भयभित छैनौं । हामीलाई मात्र होइन, सबैले अरुलाई पनि हौसला दिऔं । संक्रमितहरुको मनोबलका साथै स्वास्थ्यकर्मी जो आफ्नो जीवन राष्ट्रको लागि समर्पण गरिरहेका छन्, सबैलाई सलाम छ ।’

उनले स्वास्थ्यकर्मी हुनुको  जोखिमबारे लेखेका छन्, ‘म एउटा स्वास्थ्यकर्मी । हाम्रो जीवन आफ्नो हातमा कहाँ हुन्छ र रु हामी आफूमात्रै होइन हामीबाट हाम्रो परिवारसमेत उत्तिकै जोखिममा रहन्छन् । ’

उनले आफूहरुलाई आशिर्वाद, स्वास्थ्य लाभको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् । कोराना संक्रमणपछि उनीहरु दुबै जना अहिले अस्पतालकै आइसोलेसनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार