
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा चितवनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रुपन्देहीकी ७७ वर्षीया महिला र सिन्धुलीका ७७ वर्षीया र रुपन्देहीका ६५ वर्षीया पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।










