भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीलाई कोरोना पुष्टि, मन्त्री नेम्वाङ क्वारेन्टिनमा


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारीलाई कोरोना पुष्टि भएको छ । उनलाई बुधबार गरीएको परीक्षणमा कोरोना पुष्टि भएको हाे ।

कोरोना देखिएपछि उनी एक निजी अस्पतालको आइसोलेसनमा बसेका छन् । कर्मचारीमा कोरोना देखिएपछि भौतिक मन्त्री बसन्त नेम्वाङ होम क्वारेन्टिनमा बसेका छन्। उनी आजको मन्त्रिपरिषद बैठकमा गएका छैनन् ।

ती उच्च अधिकारीको सम्पर्कमा आएकाहरुको आज स्वाब निकालिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार