काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी


काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी भइरहेको छ । भदौ ४ गतेबाट जारी निषेधाज्ञाको तेस्रो पटक थप गरेको समय सकिनै लाग्दा निषेधाज्ञा खुकुलो बनाउने तयारी भइरहेको हो ।

कोरोना नियन्त्रणका लागि तेस्रो पटक थप गरेको समय भोली सकिदै छ । त्यसपछि निषेधाज्ञा के गर्ने भन्ने विषयमा उपत्यकाका प्रशासनले छलफल गरिरहेका छन् ।

तीन वटै जिल्लाका प्रमुख जिल्ला अघिकारीले यो विषयमा भर्चुअल छलफल गरिरहेका छन् । निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरेपनि अझै संक्रमण नियन्त्रणमा नआएकाले पूर्ण रुपमा भने खुला गर्न नहुनेमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहमत भएका छन् ।
अबको निषेधाज्ञा कस्तो गर्ने भन्ने विषयमा पनि उनीहरुबीच छलफल हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार