
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ४ सय ६४ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित मध्ये काठमाडौंका ३ सय ९४ भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।










