
काठमाडौं । कोरोना नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भोलिबाट उपत्यकामा थप खुकुलो बनाउने निर्णय भएको छ । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका हुन् ।
भोलीबाट उपत्यकामा यातायात जोरविजोर नम्बरमा चल्ने छन् भने व्यापार व्यवसाय पनि खुल्ला गरिको छ । तर, सबैले स्वास्थ्यका मापदण्ड भने पालना गर्नु पर्ने छ ।










