भक्तपुरमा एउटै परिवारका तीन जनाको शव भेटियो, हत्यापछि आत्महत्या हुनसक्ने अनुमान


काठमाडौ । भक्तपुरमा एउटै परिवारका तीन जनाको शव भेटिएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६, कुन्डोलमा एउटै परिवारका तीन जनाको शव भेटिएको हो ।

साथै उनीहरुले पाल्दै आएको कुकुर पन मृत भेटिएको छ । मृत भेटिनेमा सुदिप अधिकारी, उनकी श्रीमती सम्झना र छोरा सुशान्त अधिकारी रहेका छन् । यो घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सुदिपअधिकारीले श्रीमती र छोराको हत्यापछि आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ ।
दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनीहरु तीन जनामध्ये आमा छोराको मृत्यु केहिदिन पहिले नै भएको भेटिएको छ । त्यस्तै आमा र छोराको शव एउटा तलामा र सुदिपको शव एउटा तलामा भेटिएको छ ।

प्रहरीले घटना स्थलमा भेटिएका सामाग्री सहित खानेकुरा पनि परीक्षणका लागि पठाएको बताएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार