
काठमाडौं । कोरोना संक्रमणबाट विदेशमा एक सातामा ४३ जना नेपालीको मृत्यु भएको छ । विश्वर फैलिएको कोरोना संक्रमणबाट विभिन्न देशमा रहेका ४३ जना नेपालीको मृत्यु भएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो सँगै विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या २ सय ४३ पुगेको छ ।
कोरोनाका कारण अहिलेसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा नेपालीले ज्यान गुमाएका छन् ।














