
सिन्धुृपाल्चोक । गएराति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये ८ जनाको शव फेला परेको छ । पहिरोमा अझै २६ जना बेपत्ता रहेका छन् ।
शव फेला परेका मध्य तीन जनाको सनाखत भएको छ । पहिरोमा परी नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको सनाखत भएको हो ।
अन्यको स्थानिय बासी, प्रहरी, नेपाली सेनाको टोलीले खोजी गरिराखेका छन् । पहिरो प्रभावित क्षेत्रमा सभामुख अग्नीप्रसाद सापकोटा पनि पुगेका छन् । उनले पनि प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै राहत र उद्धारका लागि पहल गरिरहेका उनका प्रेस संयोजक श्रीधर न्यौपानले बताएका छन् ।










