काठमाडौं उपत्यकामा असोज १ देखि विद्यालय खोल्ने तयारी


काठमाडौं । काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खोल्ने तयारी भएको छ । कोरोना महाकारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु संक्रमण कम हुँदै गएपछि असोज १ गतेदेखि खोल्ने तयारी भएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा उपत्यकाका तीनवटै जिल्लाका विद्यालय खुलाउन अनुमति दिने निर्णय गरेको छ ।

उपत्यकाका स्थानीय तहमा रहेका शिक्षा शाखाले कोरोनाको अवस्था बारे भदौ मसान्तसम्म जानकारी गराइसक्नु पर्ने समय दिइएको छ । स्थानीय तहले शिक्षक (कर्मचारीले खोप लगाए नलाएको विवरण र विद्यालय सञ्चालनको ढाँचा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा पेश गर्नुपर्नेछ ।

त्यसको आधारमा डीसीसीएमसीले विद्यालय खुलाउने अनमुति दिने छ ।

यसका साथै सम्बन्धित स्थानीय तहबाट कोभिड(१९ संक्रमणको अवस्था र विद्यालय सञ्चालनको ढाँचा आएपछि सोही आधारमा विद्यालय खुला गर्ने अनुमति पाउनेछन् । सबै विद्यालय खोल्नैपर्छ भन्ने अनिवार्यता भने छैन । अवस्था हेरेर मात्रै विद्यालय खोल्न पाइने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार