
कञ्चनपुर । भारतको क्वारेन्टाइनमा ४५ दिन बसेका २ सय ५१ जनालाई नेपाल ल्याइएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई नेपाल ल्याइएको हो ।
भारतको बनवासाको स्कूलमा ४५ दिन क्वारेन्टाइनमा बसेका उनीहरुलाई दुई दिन लगाएर नेपाल ल्याइएको बताइएको छ । उनीहरुलाई भारतीय पक्षसँग समन्व्य गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुई सय ५१ जनालाई कञ्चनपुरको भीमदत्तनगरस्थित वैजनाथ माध्यमिक विद्यालयमा राखेर आरडिटीका लागि नमूना सङ्कलन कार्य भइरहेको छ ।
सबैलाई आरडिटी परीक्षण गरेर सम्बन्धित पालिकामा आठ दिन क्वारेन्टाइन बस्ने गरी पठाउन तयारी भइरहेको प्रहरीले जनाएको छ ।









