
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पोखरा विमानस्थलको सुरक्षामा कुनै कसुर बांकी नराख्ने बताएका छन्। विमानको सुरक्षामा आज पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले पोखरा विमानस्थलको सुरक्षामा कुनै सम्झौता नगर्ने बताएका हुन् ।
विमानस्थललाई असर नपर्ने गरी प्याराग्लाइडिङलाई निररन्तरता दिने कुनै उपाय भए खोज्ने तर ससुरक्षामा असर पर्ने गरी कुनै सम्झौता नहुने उनले बताए ।
पोखरा अन्र्तराष्ट्रिय विमानस्थल आगामी पुस १७ गतेबाट सञ्चालनमा ल्याउने सरकारको तयारी छ। पर्यटन व्यवसायीहरुले पर्यटनमन्त्री श्रेष्ठलाई भेटेर पोखराको ब्राण्ड बनेको प्याराग्लाइडिङलाई पनि जोगाउन भने ध्यानाकर्षण गराएका छन् ।
जवाफमा मन्त्री श्रेष्ठले विमानस्थलको सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङलाई कुनै उपायबाट कायम राख्न सक्ने स्थिति भएमा त्यसलाई प्रयोग गरेर संरक्षण गर्ने बताए । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल संचालनमा आएपछि त्यसको क्षेबको चौतर्फी विकासमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।









