
रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नंं-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका कमल खड्का क्षेत्री विजयी भएका छन् । उनले १२ मत अन्तरले एमाले उम्मेदवार किरण नेपाललाई हराएका छन् ।
क्षेत्रीले १ हजार ३१८ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेपालले १ हजार ३०६ मत पाएका थिए । किरण एमाले नेता घनश्याम भुसालका पूर्वस्वकीय सचिव हुन् । सो वडामा जम्मा ३ हजार ६२० मत खसेको थियो ।
त्यसैगरी राप्रपाका हरिहर प्रसाद चौधरी थारुले ७८५ मत पाएका छन् ।










