समाचारप्रति मन्त्री कुँवरले भनेः म आफ्नो पार्टीप्रती निष्टापुर्वक लागिरहेको छु


काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो पार्टी प्रती निष्टापुर्वक लागिरहेको बताएका छन् ।
मन्त्री कुँवर एमाले जाने तयारी भन्दै केहि अनलाइन संचारमाध्यममा समाचार प्रकाशन भएपछि त्यसको खण्डन गर्दै उनले आफु आफ्नो पार्टीप्रति निष्टापुर्वक लागिरहेको बताएका हुन् ।

मन्त्री कुँवरले आफुविरुद्धद्धको समाचारबारे आज सामाजिकसंजालमार्फत प्रतिकृया दिदै यस्ता दुश्प्रचार नगर्न सम्बन्धित संचारमाध्यमलाई आग्रह गर्दै यस्ता समाचारप्रती घृणा गर्नु र खेद प्रकट गर्नु बाहेक आफुसग अरु शब्द नभएको समेत बताएका छन् ।

“निष्टाको राजनितिमा मेरो अबिचलित यात्रा,केही मिडियाहरुले काम नपाएर मेरो नाम जोडेर भ्रम पैदा गरि बेमौसमी बाजा बजाएको देख्दा अचम्म लागेको छ यस्ता दुश्प्रचार नगर्न सम्बन्धित मिडियाकर्मिलाई आग्रह गर्दछु यस्ता समाचार प्रती घृणा गर्नु र खेद प्रकट गर्नु बाहेक अरु शब्द नै छैन, म आफ्नो पार्टी प्रती निष्टापुर्बक लागिरहेको छु लागिरहने छु”, मन्त्री कुँवरले फेसबुक स्टाटसमा लेखेका छन् ।

सोमबार एक अनलाइनले “श्रममन्त्री तथा नेकपा एसबाट चुनाव जितेका सांसद शेरबहादुर कुँवर एमाले जाने तयारी” शीर्षकमा समाचार प्रकासन गरेको थियो । उक्त समाचारप्रति मन्त्री कुँवरको सचिवालयले गम्भिर ध्यानाकर्षण भएको भन्दै खण्डन गरेको थियो ।

यो पनि पढ्नुहोस

‘मन्त्री कुँवर एमाले जाने तयारी’ भन्ने भ्रमपुर्ण समाचारप्रति गम्भिर ध्यानाकर्षण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार