
काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहर नगरपालिकाको मुलपानीबाट दुई जना स्कुले बालक बेपत्ता भएका छन्। मुलपानीस्थित राष्ट्रिय निर्माण माविमा कक्षा ५ मा पढ्ने १३ बर्षिय सन्देश कार्की र किरण गौतम बुधबार बिहानदेखि बेपत्ता भएका हुन्।
स्कुल ड्रेस र किताब स्कुल नजिकैको झाँडीमा फालिएको अवस्थामा भेटिए पनि कार्की र गौतम भने अहिलेसम्म फेला नपरेको कार्कीकी आफन्त भवानी कार्कीले जानकारी दिइन्। खोजविनका लागि प्रहरीमा जानकारी गराएको भएपनि आजसम्म फेला नपरेको कार्कीले बताइन् ।










