प्राधिकरणमा मन्त्रीको कार्यकक्ष, समाजवादीका नेताको आपत्ति, भन्छन्ः कुलमानलाई होईन, उर्जामन्त्रीमाथि निगरानी गरौं


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले उर्जामन्त्रि दीपक खड्कामाथि कारवाही हुनुपर्ने बताएका छन् । उनले सामाजिक संजालमार्फत उर्जामन्त्रि खड्काले प्रत्येक ठाउँमा कमिसन चाहिन्छ भन्ने खराब मनसाय राख्ने गरेका कारण उनिमाथि कारवाही हुनुपर्ने बताएका हुन् ।

विद्युत् प्राधिकरणमा आफ्नो कार्यकक्ष खोलेर कुलमान घिसिङको काममा हस्तक्षेप गर्न खोजेको नेता पराजुलीको भनाई छ ।
उनले कुलमानलाई स्वतन्त्र रुपमा सरकारले काम गर्न दिनुपर्ने समेत बताएका छन् ।
नेता पराजुलीले प्राधिकरण प्रमुख घिसिङमाथि मन्त्रि र सरकारबाट चरम अत्याचार व्यवहारको भइरहेको भन्दै त्यसको निन्दा समेत गरेका छन् ।
उनले कुलमानलाई निगरानी भन्दा लैनचौरको स्काउट जग्गा हिनामिना गर्ने उर्जामन्त्री खड्कामाथि निगरानी गर्नुपर्ने बताएका छन् ।
‘कुलमानलाई होईन निगरानी गर्ने लैनचौरको स्काउट जग्गामा हिनामिना गर्ने उर्जामन्त्री दिपक खड्कालाई हो निगरानी गर्ने’, उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

नेता पराजुलीले स्टाटसमा लेखेका छन्, ‘प्रत्येक ठाउँमा कमिसन चाहिन्छ भन्ने खराब मनसाय राख्ने उर्जा मन्त्रीलाई तुरुन्त कारबाही होस ।
एउटा असल र कुशल प्रशासक कुलमान घिसिङ माथि गरिएको चरम अत्याचार व्यवहारको सबैले निन्दा भर्त्सना गरौ !’

प्राधिकरणमा निर्माण गरिएको मन्त्रि कार्यकक्षमा खड्कालाई हिजो स्वागत गरिएको थियो । प्राधिकरणमा मन्त्रिको कार्यकक्ष निमार्ण गरिएको बिषयमा विरोध भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग मन्त्रिको बढ्दो तनावका बिच प्राधिकरणमै मन्त्री खड्काले आफ्नो कार्यकक्ष निर्माण गर्नु कुलमानमाथिको हस्तक्षेप भन्दै विरोध भइरहेको छ । नेकपा माओवादी केन्द्रले मन्त्रि खड्काको उक्त कार्यमा असन्तुष्टि जनाएको छ। मन्त्री खड्काले इतिहासमै नभएको विद्युत् प्राधिकरणमा मन्त्रिको कार्यकक्ष खोलेर गलत गरेको भन्दै माओवादीले विरोध गरेको हो ।

सरकारबाट कुलमानमाथि भइरहेको हस्तक्षेपबारे जनस्तरबाट पनि विरोध हुँदै आएको छ । निर्देशक घिसिङले विद्युत बक्यौता नतिर्ने उद्योगीहरुको लाइन काटेपछि सरकार र निर्देशक घिसिङबीच तनाव सिर्जना भएको हो । सरकारले लाइन जोड्न दवाब दिने र निर्देशक घिसिङले बक्यौता नतिरेसम्म लाइन नजोड्ने अडान राखेपछि तनाव हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार