बलात्कार मुद्दामा व्यवसायी चटौतलाई १८ वर्ष कैद र ८ लाख क्षतिपूर्ति भराउन आदेश


ललितपुर। बलात्कारको आरोपमा जिल्ला अदालत ललितपुरले व्यवसायी सुशील चटौतलाई १८ वर्ष १ महिना कैद सजाय र ८ लाख क्षतिपूर्ति भराउन आदेश दिएको छ । आफ्नै घरमा काम गर्ने १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा चटौतलाई आज न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले कैद र क्षतिपूर्तिको आदेश गरेकी हुन्।

प्रहरीमा उजुरी परेपछि अनुसन्धान र अभियोजन कमजोर बनाउन तत्कालिन महान्यायाधिवक्ता खम्मबहादुर खातीबाटै मुद्दा कमजोर बनाउन दबाव दिएको भन्दै आलोचना भएको थियो ।

खातीको सचिवालयमा रहेका सहन्यायाधिवक्ता हरिप्रसाद जोशी र सहायक न्यायाधिवक्ता निजी सचिव विन्दु धामीले फोन गरेर मुद्दा कमजोर बनाउन दबाव दिएको तत्कालिन जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकरले सार्वजनिक गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार