पक्राउ परेका बमजनको घरबाट १६ देशका विदेशी मुद्रासहित ३ करोड ३ लाख बढि बरामद

काठमाडौं । आफुलाई लिटिल बुद्ध भनेर चिनाउने रामबहादुर बमजनको घरबाट प्रहरीले विदेशी मुद्रासहित तीन करोड ३ लाख बढि नेपाली रूपैयाँ बरामद गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बमजनको घरमा छापामार्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

बरामद भएको रुपैया सबै हजार हजारको गड्डीहरू भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बमजनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको एसएसपी आचार्यले जानकारी दिए ।

प्रहरीले उनलाई हिजो काठमाडौंको हात्तिगौँडास्थित उनकै घरबाट पक्राउ गरेको थियो। प्रहरी आएको थाहा पाएपछि उनले भाग्नका लागि दुई तलाबाट हाम फालेर भाग्न खोजेका थिए ।

बमजनको बिषयमा सीआईबीले केही बेरमा पत्रकार सम्मेलन गरी बम्जनलाई सार्वजनिक गर्दैछ ।
बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा मुद्धा परेपछि प्रहरीले चराबर्षदेखि खोजिरहेको थियो । बम्जनविरुद्ध पाँच परिवारले प्रहरीमा उजुरी दिएका छन्। आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार