
काठमाडौं । लोकपृय गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । नेपाल आइडल सिजन २ का विजेता समेत रहेका गायक ओडकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएपछि उनिविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
चैत २० गते ओडकी श्रीमतीले इलाका प्रहरी कार्यालय झालारीमा किटानी उजुरी दिएपछि सोही दिन अदालतले पनि पक्राउ पुर्जीको अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजीलाई तीव्र पारिएको उनले बताए ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरिया स्थायी घर भएका गायक ओड काठमाडौं बस्दै आएका छन् । उनि अहिले आफ्नो सांगीतिक कार्यक्रमका लागि नेपाल बाहिर रहेका छन् ।








