काठमाडौं । मलेसियन सरकरले आफ्नो देशमा अवैधरुपमा बस्दै आएका आप्रवासीहरुलाई स्वदेश फर्कन आममाफी दिदै अन्तिम मौका दिने घोषणा गरेको छ । मलेसियाको गृह मंत्रालयले जारि गरेको विज्ञप्ती अनुसार यो वर्षको अन्त्यसम्म अवैधरुपमा बस्दै आएका सम्पुर्ण विदेशी कामदारहरुलाई स्वदेश फर्कन अन्तिम पटक मौका दिइएको हो ।
विहिबार आप्रबाशन मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री तान श्री मुहियिद्दीन यासीनले भने, “गो ब्याक फर गुड” भनिने नयाँ आममाफी कार्यक्रम १ अगस्ट देखि ३१ डिसेम्बर सम्म संचालित हुनेछ, अवैधरुपमा बस्दै आएकाहरु ब्यक्तीहरुका लागि यो अन्तिम मौका हो।
हाल अवैधानिक रुपमा मलेसियामा बस्दै आएकाहरु स्वैच्छिक रुपमा आई आर।एम ७०० जरिवाना तिरेर स्वदेश फर्काउने कार्य भइरहेको उनको भनाई थियो । चालु यस कार्यक्रममार्फत स्वदेश फर्किन आवस्यक पर्ने कागजातहरू सम्बन्धित देशका कुटनैतिक नियोगहरुबाट सिफारिस लिएर आए घर फर्किन सकिन्छ ।
मन्त्री यासिनले देशमा अवैध आप्रवासीहरूको संख्या ठूलो रहेकाले त्यसलाई अन्त्य गर्ने उदेश्यले स्वदेश फर्किने अन्तिम मौका दिन लागको प्रष्ट पारे ।
यस आममाफी कार्यक्रम अन्तर्गत पनि अवैध आप्रवासीहरु स्वदेश नफर्किएमा रोजगारदातालाई समेत कारवाही गरिने मन्त्री यासिनले बताए।उनका अनुसार अवैध रुपमा बस्दै आएकाहरुलाई स्वदेश फर्किन सहज बनाउन सरकारले ८० वटा साहेता काउन्टरहरु स्थापना गरेको जानकारी समेत दिए ।














