नवलपरासी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेताहरु पक्राउ पर्ने क्रम जारि छ । जिल्ला देखि केन्द्र तहसम्मका नेताहरुलाइ प्रक्राउ गर्दै प्रहरीले मुद्धा लगाइरहेका बेला नवलपरासी जनसरकार प्रमुख पनि पक्राउ परेका छन् ।
विप्लव समुहका जिल्ला सदस्य समेत रहेका प्रमुख प्रेमप्रसाद ढकाललाई गएराती पक्राउ गरिएको नवरपरासी प्रहरीले जनाएको छ ।
सुनवल नगरपालिका–१३, बडेरास्थित ढकालको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय, पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । पक्राउ परेका ढकालमाथी अनुसंन्धान गरी मुद्धा चलाइने उपरीक्षक थापाले बताए ।









